Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ईपीएस कोरिया शाखाको निर्देशकको जिम्मेवारी मैयाँ कँडेललाई – Lekhanpeeth

ईपीएस कोरिया शाखाको निर्देशकको जिम्मेवारी मैयाँ कँडेललाई

720
0
Share:

काठमान्डौ/रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखा कार्यालयको निर्देशकमा मैयाँ कँडेल नियुक्त भएकी छन् ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कँडेललाई ईपीएसको निर्देशकमा नियुक्त गरेको हो । निर्देशक नियुक्त भएसँगै कँडेलले कार्यभार सम्हालेकी छन् ।

 

यसअघि ईपीएस कोरिया शाखाको निर्देशकमा रहेका गुरुदत्त सुवेदीलाई पुस १३ गते निलम्बन गरेको थियो । ईपीएस कोरियाका लागि आवेदन फारम भर्न पाउनुपर्ने माग राख्दै भएको आन्दोलनको क्रममा २ जनाको ज्यान गएको थियो । उक्त घटनापछि सरकारले निर्देशक सुवेदीसहितकालाई निलम्बन गरेको थियो ।

Share: