त्रिविले पुनः माग्यो उपकुलपतिका लागि दरखास्त

Share:

काठमान्डौ/त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त माग गरेको छ । यसअघि प्रकाशित दरखास्त आह्वानको सूचना रद्ध गरेको त्रिविले पुनः दरखास्त मागेको हो ।

 

यसअघिको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने प्रावधान राखिएको थियो । तर उक्त प्रावधानको चौतर्फी आलोचना भएपछि त्यसलाई हटाएर त्रिविले नयाँ सूचना निकालेको हो । उक्त प्रावधानले बाहिरको योग्य व्यक्तिलाई रोक्ने भन्दै आलोचना भएको थियो ।

 

योग्यता पुगेको इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

tu-suchan-final-1704680684.jpg

 

Share: