नेप्से परिसुचक २० अंकले बढ्यो, ६ अर्ब ११ करोडको कारोबार

181
0
Share:

काठमान्डौ/शेयर बजार कारोबारको तेस्रो दिन पनि शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक २० दशलमव ६२ अंकले बढेर २,०८० को विन्दुमा कायम भएको छ । आज १६५ कम्पनीको शेयर मुल्य बढेको छ भने ७७ कम्पनीको शेयर मुल्य घटेको छ । आज हाइड्रोपावर, उत्पादनमुलक एण्ड प्रशोधन र म्युचुअल फण्ड उपसूचक घटेका छन् ।

 

आज दिनभरिमा ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ११ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको १९ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटल्सको १७ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

आज सबैभन्दा धेरै ८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी ८ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त, शप्तकोशी डेभलपमेन्ट बैंक, अपर स्याङगे, मुक्तिनाथ कृषि कम्पनी, त्रिशुली जलविद्युत र हिमालयन रिइन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

 

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव १९ प्रतिशतका दरले गुमाएका हुन् ।

Share: