बिगमार्ट कार उपहार योजना सार्वजनिक

123
0
Share:

काठमान्डौ/बिगमार्टले यस जाडो मौसमलाई मध्यनजर गर्दै आफ्ना ग्राहकका लागि बिगमार्ट कार उपहार उत्सव लिएर आएको छ ।

 

यस उत्सव अन्तर्गत बिगमार्टमा किनमेल गर्ने ग्राहकलाई जाडोको समयमा किनमेलको अनुभव अझ विशेष बनाउन बिगमार्टले बिगमार्ट कार उपहार उत्सवको अवसरमा माघ १ गतेदेखि फागुन १५ सम्म हरेक सामानको खरिदमा आकर्षक छुट तथा अविश्वसनीय उपहारहरुको व्यवस्था गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

 

जसमा बम्पर पुरस्कार एक जना भाग्यशाली ग्राहकलाई १ वटा टाटा टिगोर कार एक जनालाई यामाहा स्कुटरसहित पाँच जना ग्राहकहरुलाई ५ वटा स्मार्टफोनहरू उपलब्ध गराउने भएको छ । १० भाग्यशाली ग्राहकहरुका लागी जनही रु पाँचहजार बराबरको किनमेल भौचर साथै, ग्लोवल आईएमई बैंक लि। को क्रेडिट कार्डमार्फत् बिल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।

 

प्रत्येक रु. ७५० वा सो भन्दा बढिको खरिदमा पुरस्कारहरूको लागि लक्की ड्रमा प्रवेश गर्न सकिनेछ ।

Share: