
काठमान्डौ/चलचित्र ‘महाजात्रा’ को पहिलो भिडिओ सामग्रीको रुपमा गीत सार्वजनिक गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर सर्वजनिक गरिएको ‘आहा क्या राम्रो’ बोल रहेको गीत सिनेमामा प्रमोशनका लागि तयार गरिएको हो ।
केही समय अगाडि खुल्लामञ्चमा सेट लगाएर छायांकन गरिएको गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको सङ्गीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा सिनेमका कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झासँगै अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माले नृत्य गरेका छन् ।
अरुण र आश्मा गीतमा मात्र रहेको निर्देशक प्रदीप भट्टराईले जानकारी दिए । सिनेमामा ‘सुहाउँदो गीत भएकाले राखिएको हो । यसलाई हामीले प्रचारप्रसारका लागि तयार गरेका हौँ’, निर्देशक भट्टराईले भने । एक सय भन्दा बढी कोरस प्रयोग गरेर तयार गरिएको गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।
हेर्नुहोस् भिडियो: