Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काठमाडौंमा नक्कली मदिरा कारखाना, ९ जना पक्राउ – Lekhanpeeth

काठमाडौंमा नक्कली मदिरा कारखाना, ९ जना पक्राउ

Share:

काठमान्डौ/काठमाडौंमा घर भाडामा लिएर सञ्चालन गरिरहेको नक्कली मदिरा कारखाना भेटिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ थलीस्थित एक घरभित्र नक्कली मदिराको कारखाना भेट्टाएको हो।

 

उक्त कारखानामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी गरेको सूचनाका आधारमा अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार छापा हानेको थियो। कागेश्वरी मनोहरा-५ थलीस्थित भरत थापाको २ तल्ले पक्की घरमा विनोद कुमार कार्कीले भाडामा लिएर नक्कली मदिराको कारखाना चलाएको भेटिएको हो।

 

कार्कीले भाडामा लिएको घरमा खानतलासी गर्दा नक्कली खुकुरी रम, गोल्डेन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक बनाइरहेको अवस्थामा भेटिएको हो। प्रहरीले उक्त घरबाट मदिरा बनाउन प्रयोग गर्ने समानहरू, सगुन ब्राण्डको मदिरा, चिनी/पानी मिश्रित तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व विभागको अन्तशुल्कका स्टिकर, लेवलिङ र प्याकेजिङ गर्न प्रयोग गरिने सामान पनि बरामद गरेको छ।

 

उक्त कारखाना चलाउने विनोद कार्कीसहितका ९ जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कार्यालयले जनाएको छ।

Share: