Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज ललितपुरका यी स्थानमा ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने – Lekhanpeeth

आज ललितपुरका यी स्थानमा ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने

202
0
Share:

काठमानडौ/आज ललितपुरका विभिन्न स्थानमा ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

 

नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सीमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको हो ।

 

गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ नम्बर वडामा बिजुली बन्द हुनेछ । यसैगरी लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका स्थानहरूमा पनि बिजुलीको लाइन काटिने प्राधिकरणले जनाएको छ ।

Share: