
काठमान्डौ/नेपाली बजारमा छापवाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको छ । बिहीबार ७०० रुपैयाँले घटेको सुनको भाउ शुक्रबार ५०० रुपैयाँले बढेको हो । शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार प्रतितोला चाँदी १ हजार ३९० रुपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला १ हजार ३९५ रुपैयाँ तोकिएको थियो ।