Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
यस वर्षको एसइई परीक्षा चैत १५ देखि २७ गतेसम्म हुने – Lekhanpeeth

यस वर्षको एसइई परीक्षा चैत १५ देखि २७ गतेसम्म हुने

261
0
Share:

काठमान्डौ/माध्यमिक शिक्षा (एसइई) परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसइई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो।

 

बोर्डको वार्षिक कार्यतालिका अनुसार चैतको पहिलो साताबाट परीक्षा गर्न तय भएको भए पनि होली पर्वका कारण परीक्षा मिति सार्नुपरेको बोर्डले जनाएको छ ।

 

यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिस्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिस्ट्रेसन फाराम भरेका छन् ।

Share: