Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अमेरिकाको सिकागोमा गोली चल्दा ७ को मृत्यु – Lekhanpeeth

अमेरिकाको सिकागोमा गोली चल्दा ७ को मृत्यु

244
0
Share:

काठमान्डौ/अमेरिकाको सिकागोमा दुई छुट्टा–छुट्टै घरमा गोली चल्दा सात जनाको मृत्यु भएको छ । गोली जोलिएट, इलिनोइसको वेस्ट एकर्स रोडको २२०० ब्लकमा भएको थियो । घटनापछि अभियुक्त भने फरार रहेका छन् । उनको पहिचान रोमियो नान्सको रुपमा भएको छ ।

 

प्रहरी प्रमुख बिल इभान्सले दुई छुट्टा–छुट्टै घरमा गोली चल्दा सात जनाको मृत्यु भएको छ । प्रहरी विभागले संदिग्धले रातो टोयोटा क्यामरी चलाएको र संदिग्धलाई खतरनाक व्यक्तिको रूपमा पहिचान गरेको बताए ।

 

प्रहरीले आरोपीको पहिचानका लागि स्थानीयको सहयोग मागेको छ । अमेरिकामा दिनहुँजसो गोलीकाण्डका घटना भइरहेका छन् । तथ्याङ्कअनुसार यो वर्षको पहिलो साता गोलीबारीमा ८७५ जनाको मृत्यु भएको छ ।

Share: