
काठमान्डौ/प्रभु बैंकले यसपटक सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले लाभांशविना साधारणसभामा अन्य प्रस्तावहरू लैजाने निर्णय गरेको हो ।
गत आर्थिक वर्षको वित्तीय विवरणहरू साधारणसभामा प्रस्तुत गर्नका लागि राष्ट्र बैंकसँग स्वीकृति लिने निर्णय बैठकले गरेको छ । यसअघि बैंकले गत वर्ष सेयरधनीलाई १५ प्रतिशत नगद र ६।५ प्रतिशत बोनस सेयर दिएको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा १२ प्रतिशत बोनस सेयर र आर्थिक वर्ष २०७७/७८ मा १० प्रतिशत बोनस सेयर दिएको थियो ।