Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
यू-१९ विश्वकप : नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य – Lekhanpeeth

यू-१९ विश्वकप : नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य

215
0
Share:

काठमान्डौ/आइसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध १९७ रन बनाएको छ।नेपालका कप्तान देव खनालले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाएको हो।

 

नेपालका लागि विपिन रावलले ३९, कप्तान देव खनालले २३ , दिपक डुम्रले २६ र सुभाष भण्डारीले २० रन बनाए। न्युजिल्याण्ड विरुद्ध ९० रन बनाएका अर्जुन कुमाल ६ रनमा आउट भए । गुल्सन झाले १८ रनको योगदान दिए । आकाश चन्द १६ रन बनाएर नट आउट रहे ।

 

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानमाथि १ सय ८१ रनको फराकिलो जित निकालेको थियो।

 

नेपालले गत महिना पाकिस्तानविरुद्ध एसीसी यू१९ एसिया कपमा पनि खेलेको थियो।उक्त खेलमा पाकिस्तान ७ विकेटले विजयी भएको थियो। नेपाल प्रतियोगिताको समूह डी मा रहेको छ । समूह डी मा नेपालसँगै न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान पनि रहेका छन्।्

Share: