‘कमेडी च्याम्पियन सिजन–३’ फागुन ३ देखि प्रसारण हुने

Share:

काठमान्डौ/स्ट्यान्डअप कमेडीको रियालिटी शोज ‘कमेडी च्याम्पियन सिजन–३’ फागुन ३ गतेबाट प्रसारण हुने भएको छ । शोज हरेक हप्ता बिहीबार र शुक्रबार राति ९ देखि साढे १० बजेसम्म कान्तिपुर टेलिभिजनबाट शोज प्रशारण हुनेछ ।

 

‘कमेडी च्याम्पियन सिजन–३’का लागि डिजिटल अडिसनमा करिब दुई हजारले सहभागिता जनाएका थिए । त्यसबाट सात सय छनोट गरिएको ती सदस्यले जानकारी दिए । सात सयबाट १३२ जनालाई प्रि–जजिङका लागि बोलाइएको थियो ।

 

७६ जनाले निर्णायकका अगाडि प्रस्तुति दिएका थिए । त्यसमध्ये २४ जना छनोट भएका छन् । तर २४ बाहेक अरु केहीको पनि प्रशारण गरिनेछ । ‘कमेडी च्याम्पियन सिजन–३’मा नयाँ प्रतियोगिलाई ट्रेन्ड गर्ने काम क्रिएटिभ टिमले गरिरहेको छ । क्रिएटिभ टिममा पुजन अधिकारी, आदर्श मिश्र, सुशान्त बस्याल, पवन भट्टराई र प्रभात लामा छन् ।

 

शोजको निर्देशन विशाल भण्डारीले गर्नेछन् । होस्ट रीमा विश्वकर्मा र मेक्सम गौंडेल रहनेछन् । शोजको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् । ‘कमेडी च्याम्पियन’को सिजन–१ को विजेता हिमेश पन्त हुन् भने दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए ।

Share: