Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कुहिरोका कारण भारतमा उडान तथा रेल सेवा प्रभावित – Lekhanpeeth

कुहिरोका कारण भारतमा उडान तथा रेल सेवा प्रभावित

166
0
Share:

काठमान्डौ/मङ्गलबार बिहान राजधानी र उत्तर भारतमा बाक्लो कुहिरोका कारण दृश्यता कम भएपछि दिल्ली जाने १९ वटा रेलहरू निर्धारित समयभन्दा पछि हिँडेको रेलवे अधिकारीहरूले जानकारी दिए ।खराब मौसमका कारण जम्मु तवी–दिल्ली एक्सप्रेस, हावडा–दिल्ली डोरोन्थो, हावडा–दिल्ली राजधानी एक्सप्रेस, भुवनेश्वर–दिल्ली राजधानी एक्सप्रेस, डिब्रूगढ–दिल्ली राजधानी एक्सप्रेस र पुरी–दिल्ली एक्सप्रेस ढिला भएका थिए ।

 

रेवा–आनन्द विहार टर्मिनल, भागलपुर–आनन्दविहार एक्सप्रेस, बनारस–दिल्ली एक्सप्रेस, चेन्नई–दिल्ली एक्सप्रेस, हैदराबाद–दिल्ली एक्सप्रेस र रानीकमलापति–हजरत निजामुद्दीन एक्सप्रेस पनि प्रभावित भएका छन् । नयाँ दिल्ली रेलवे स्टेसनमा रेलहरू निर्धारित समयभन्दा ढिलो चल्दा यात्रुहरू समस्यामा परेका थिए । यसैबीच, मङ्गलबार बिहान राजधानीमा घना कुहिरोका कारण दिल्ली विमानस्थलमा उडान पनि अवरुद्ध भएको छ ।

 

विमानस्थलले मङ्गलबार सूचना जारी गर्दै मापदण्ड पूरा नगर्ने उडानहरूले अवतरण र टेक–अफको समयमा अवरोधको सामना गर्न सक्ने बताएको छ । यात्रुहरूलाई उडानको स्थितिसम्बन्धी अद्यावधिक जानकारीका लागि एयरलाइन्सलाई सम्पर्क गर्न पनि आग्रह गरिएको छ । सोमबार पनि, कुहिरो तथा अधिक चिसोले राजधानीमा रेल तथा हवाई उडानलाई असर गर्दा रेल र उडानहरू ढिलाइ भएका थिए । भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले मङ्गलबार राजधानीका थप्रै भागहरूमा कुहिरो लाग्ने पूर्वानुमान गरेको थियो ।

Share: