Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पूर्व मन्त्री बलराम पौडेलको मृत्यु – Lekhanpeeth

पूर्व मन्त्री बलराम पौडेलको मृत्यु

181
0
Share:

काठमान्डौ/नवलपुरको गैँडाकोटमा बसले ठक्कर दिँदा काँग्रेसका नेता एवम पूर्वमन्त्री बलराम पौडेलको मृत्यु भएको छ । नेपाली काँग्रेस चितवनका अनुसार गैंडाकोटको कालीगण्डकी चोकमा उनी सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा पौडेलको घटनास्थलमा नै मृत्यु भएको हो ।

 

बुधबार बिहान ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल लाई कालीगण्डकी चोक नजिकै राजमार्गमा ठक्कर दिँदा पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

 

भरतपुर महानगरपालिका वडा नं १७ विजयनगर घर भएका ६६ वर्षका पौडेल २०७८ पुस ९ गते बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएका थिए । उनी काँग्रेसको महासमिति सदस्य हुन् । पौडेललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share: