
काठमान्डौ/चीनका राष्ट्रपति सी चिन फिङले चिनियाँ जनतालाई वसन्त पर्वको शुभकामना व्यक्त गरेका छन् । राष्ट्राध्यक्ष सीले बिहीबारदेखि शुक्रबारसम्म उत्तरी चीनको तियान्जिन नगरपालिकाको निरीक्षण भ्रमणका क्रममा शुभ कामना व्यक्त गरेका हुन् ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले सो अवसरमा सबै जातीय समूहका चिनियाँ जनता, हङकङ, मकाउ र ताइवानका स्वदेशी तथा विदेशमा रहेका चिनियाँहरूको स्वास्थ्य लाभको कामना गरेका छन् ।