Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ठमेलमा ४७ वर्षीय चिनियाँ नागरिक मृत फेला – Lekhanpeeth

ठमेलमा ४७ वर्षीय चिनियाँ नागरिक मृत फेला

184
0
Share:

काठमान्डौ/काठमाडौँको ठमेलमा एक जना चिनियाँ नागरिक मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ–१७, ठमेल क्वाबहालस्थित नेपालय होम होस्टलमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङलाई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार, १० माघदेखि उनी नेपालय होम होस्टलमा बस्दै आएका उनी शनिबार मृत अवस्थामा फेला परेका हुन् । प्रहरी स्रोतका अनुसार, हालसम्मको अनुसन्धानमा कुनै शंकास्पद कारण देखिएको छैन । उनले पछिल्लो समय केही औषधि सेवन गरिरहेको भेटिएको छ ।

 

प्रहरीले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।

 

Share: