Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विवाह बन्धनमा बाँधिए अभिनेता गौरव पहारी – Lekhanpeeth

विवाह बन्धनमा बाँधिए अभिनेता गौरव पहारी

Share:

काठमान्डौअभिनेता गौरव पहारी विवाह बन्धनमा बाँधिएका छन् । आज उनले प्रेमिका श्रेणी खतिवडासँग लगनगाँठो कसेका हुन् । दुई परिवार, आफन्त र निकट साथीहरुको उपस्थितिमा आज उनीहरुले विवाह गरेका हुन् ।

 

गौरव र श्रेणीले असोज ३ गते होटल र्‍याडिसनमा इन्गेजमेन्ट गरेका थिए । श्रेणी पेशाले जुम्बा ट्रेनर हुन् । गौरव र श्रेणी प्रेममा थिए । केही वर्षको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् ।

 

चलचित्र ‘मञ्जरी’बाट अभिनयको यात्रा सुरु गरेका गौरवले ‘मिस्टर भर्जिन’, ‘कुम्भ कर्ण’, ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘साइँली’, ‘रातो घर’, ‘छक्का पञ्जा २’ लगायत दुई दर्जन बढी फिल्महरुमा अभिनय गरिसकेका छन् भने उनी अभिनित चलचित्र ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ ।

Share: