Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रतिनिधि सभामा सम्पत्ति शुद्धीकरण विधेयक पेस हुँदै – Lekhanpeeth

प्रतिनिधि सभामा सम्पत्ति शुद्धीकरण विधेयक पेस हुँदै

192
0
Share:

काठमान्डौ/प्रतिनिधि सभाको आजको बैठकमा सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पेस गर्ने कार्यसूची छ।

 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने छन् । उक्त विधेयकलाई आजै पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

 

त्यस्तै, राष्ट्रिय सभामा राष्ट्रिय सभा, नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले ‘राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यसूची रहेको छ।

 

त्यसै गरी, अर्थमन्त्री डा। प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८० स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।

 

राष्ट्रिय सभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने छन् । संसद्का दुवै सभामा संविधान सभा सदस्य एवं पूर्वसामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति शोक प्रस्ताव पारित हुनेछ।

 

बुढाथोकी काँग्रेस पार्टीबाट विसं २०६४-२०७० को संविधान सभा निर्वाचनमा झापा जिल्ला निर्वाचन क्षेत्र नंं ५ बाट संविधान सभा सदस्यमा निर्वाचित थिए। पूर्वसामान्य प्रशासनमन्त्री बुढाथोकीको ८० वर्षको उमेरमा यही माघ २२ गते उपचारको क्रममा निधन भएको थियो।

Share: