Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ट्रेड युनियनकर्मीले माग्यो स्थायी सीईओ – Lekhanpeeth

ट्रेड युनियनकर्मीले माग्यो स्थायी सीईओ

190
0
Share:

काठमान्डौ/

Kathmandu Valley Water Supply Limited 

(केयूकेएल)का ट्रेड युनियनकर्मीहरूले स्थायी प्रकृतिको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति माग गरेका छन् ।

 

केयूकेएल सञ्चालन गर्न स्थायी प्रकृतिको सीईओ अत्यावश्यक भएको भन्दै केयूकेएल आधिकारिक ट्रेड युनियनले खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने कार्यविधि अवलम्बन गरी अन्तिममा नियुक्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन नसक्नु लज्जास्पद र दुर्भाग्यपूर्ण रहेको जनाएको हो ।

 

संयोजक केशव अधिकारी र सह-संयोजक नबल सिंह साउदले एक विज्ञप्ति जारी गर्दै खानेपानी मन्त्री महिन्द्र राय यादव र सचिव सुरेश आचार्यको सक्रियतामा यथाशक्य छिटो केयूकेएलमा स्थायी प्रकृतिको सीईओ नियुक्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन आग्रह गरेका हुन् ।

 

‘केयुकेएलमा उत्पन्न समस्याका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यालयबाट समेत सहजीकरणका लागि ध्यानाकर्षण गराउन चाहन्छौँ,’ केयूकेएल कर्मचारी युनियनले बिहीबार विज्ञप्ति जारी गरी भनेको छ, ‘अन्यथा, अप्रिय निर्णय गर्न केयूकेएल आधिकारिक ट्रेड युनियन बाध्य हुनेछ ।’

 

बहालवाला अस्थायी प्रकृतिको सीईओ पदपूर्ति सुचारु नभएको र मेलम्ची खानेपानी चुहावट नियन्त्रण लगायत दूरगामी महत्वका निर्णय हुन नसकेकाले केयुकेएल गम्भीर सङ्कटमा रहेको उनीहरूको भनाई छ ।

Share: