Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै – Lekhanpeeth

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

190
0
Share:

काठमान्डौ/नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा अपराह्न ३ बजे बस्ने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए। बैठक भोलि पनि बस्ने उनले बताएका छन्।

 

बैठकमा विधान मस्यौदाबारे छलफल हुनेछ। पुस २८ गते बसेको स्थायी कमिटीको बैठकले फागुन १,२ र ३ गते विधान अधिवेशन गर्ने निर्णय गरेको थियो। विधान संशोधनका लागि गठित मस्यौदा समितिले केन्द्रीय कमिटीको आकारदेखि विभिन्न विषयमा संशोधन गर्ने प्रस्ताव गरेको थियो।

 

ती प्रस्तावहरूलाई पार्टीको तल्लो तहसम्म सर्कुलर गरी सुझाव सङ्कलन गरिने भनिएको थियो। पार्टीका तल्ला कमिटीले विधानका प्रस्तावहरूमा दिएको सुझावबारे निर्णय गर्न आज स्थायी कमिटीको बैठक राखिएको हो।

 

स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्न माघ २७ र २८ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। केन्द्रीय कमिटीको बैठक राष्ट्रिय सभागृहमा राखिने शाहले जानकारी दिए।

Share: