
काठमान्डौ/नेपाली खेलकुदको प्रतिष्ठित अवार्ड एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को वर्ष पुरुष खेलाडीको अवार्ड एथलेटिक्सका दीपक अधिकारीले जितेका छन् ।
आइतबार काठमाडौंस्थित याक एन्ड यतीमा भएको कार्यक्रमबाट अधिकारीले वर्ष–२०७९ को उत्कृष्ट खेलाडी चुनिएका हुन् ।
उत्कृष्ट वर्ष खेलाडी चुनिएका दीपकले एक थान पल्सर मोटरसाइकल जितेका छन् ।



