Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नैतिकता हराएको मन्त्री, हुतीहारा प्रधानमन्त्री : ओली – Lekhanpeeth

नैतिकता हराएको मन्त्री, हुतीहारा प्रधानमन्त्री : ओली

204
0
Share:

काठमान्डौ/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनाको जाँचबुझ आयोगले मन्त्रीलाई दोषी किटान गर्दा समेत राजीनामा नदिएको भन्दै टिप्पणी गरेका छन्।

 

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठक उद्घाटन गर्नेक्रममा बोल्दै बालकुमारी घटनामा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएको भन्दै आलोचना गरेका हुन्।

 

सरकारले नै बनाएको आयोगले घटना हुनुमा मन्त्रीलाई नै दोषी किटान गर्दै लेखेको भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हटाउन नसकेको पनि उनले बताए। ‘दोषी हो भनेर तोकिएको छ। सरकारले नै बनाएको आयोगले मन्त्री दोषी हो, मन्त्रीको गलत क्रियाकलापले गर्दा त्यहाँ मान्छे मर्ने स्थिति आयो तोकेर भनेको छ,’ उनले भने, ‘मन्त्रीमा नैतिकता भन्ने चिज नै छैन न राजीनामा गर्छ, न त प्रधानमन्त्रीसँग हटाउने हुती छ। नैतिकता हराएको मन्त्री, हुतीहारा प्रधानमन्त्री।’

 

आयोगले नै दोषी करार गरिसक्दा समेत पदमा बसिरहन मिल्छ ? भनेर उनले प्रश्न समेत गरेका छन्। त्यस्तै, उनले यसरी सरकारले लोकतन्त्रकै मजाक बनाइरहेको पनि टिप्पणी गरेका छन्।

 

‘जुन दोषका कारणले मान्छेको ज्यान गएको छ। जुन दोषका कारणले प्रहरीहरू कारबाहीमा परेका छन्। अप्रिय स्थिति बनेको छ, त्यस्तो मन्त्री बसिरहन मिल्छ ? के हो लोकतन्त्र ? लोकतन्त्रको यस्तो मजाक उडाउन मिल्छ ? यो गठबन्धनले यो काम गरिरहेको छ,’ उनले भने।

Share: