Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनचाँदीको मूल्य घट्यो – Lekhanpeeth

सुनचाँदीको मूल्य घट्यो

218
0
Share:

काठमान्डौ/बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ । बुधबार ४०० रुपैयाँले बढेको सुनको भाउ बिहीबार ४०० रुपैयाँले घटेको हो । बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुनको भाउ बुधबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २८ दशमलव १५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ९६ डलरमा कारोबार भइरहेको छ ।

Share: