आइतबार सुनको मूल्य ५०० रुपैयाँले बढ्यो

124
0
Share:

काठमान्डौ/हप्ताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ ५०० रुपैयाँले बढेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार स्थिर रहेको सुनको भाउ आइतबार ५०० रुपैयाँले बढेको हो।

 

आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँमा कारोबार गरिएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै आइतबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३५ दशमलव ५७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ९५ डलरमा कारोबार भइरहेको छ ।

Share: