Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
जसपाद्वारा मस्यौदा तयारी समिति गठन – Lekhanpeeth

जसपाद्वारा मस्यौदा तयारी समिति गठन

189
0
Share:

काठमान्डौ/जनता समाजवादी पार्टी, (जसपा) नेपालले महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौदा तयार गर्न समिति गठन गरेको छ ।

 

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा २१ सदस्यीय राजनीतिक प्रतिवेदन मस्यौदा समिति गठन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

 

उनका अनुसार पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं सङ्गठन विभाग प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा २३ सदस्यीय पार्टी नीति तथा कार्यक्रम मस्यौदा समिति गठन भएको छ। यसैगरी आसन्न महाधिवेशनको लागि आर्थिक स्रोत व्यवस्थापन गर्न पार्टीका कार्यकारिणी सदस्य विजयकुमार यादवको संयोजकत्वमा छ सदस्यीय आर्थिक स्रोत व्यवस्थापन समिति गठन भएको सो पार्टीले जनाएको छ।

 

पार्टी विधान २०८० को धारा ९७ अनुसारको केन्द्रीय विभाग र धारा ९९ अनुसारका पार्टी संयन्त्र गठन, पुनर्गठन, अध्यावधिक र सदस्य सङ्ख्या थप गरी जिम्मेवारी बाँडफाँट गरिएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए।

Share: