Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मगर दिवस मनाउन गुल्मीका चार स्थानीय तहमा सार्वजनिक बिदा – Lekhanpeeth

मगर दिवस मनाउन गुल्मीका चार स्थानीय तहमा सार्वजनिक बिदा

Share:

काठमान्डौ/गुल्मीका चार स्थानीय तहले मंगलबार सार्वजनिक बिदा दिएका छन् । जिल्लाका कालीगण्डकी, चन्द्रकोट, सत्यवती र गुल्मीदरबार गाउँपालिकाले मगर दिवसको अवसरमा १५ फागुनमा सार्वजनिक बिदा दिएका हुन् ।

 

४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा चारवटा स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।

 

सार्वजनिक बिदा दिएका स्थानीय तहमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

Share: