Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बकैया गाउँपालिकामा आज शोक बिदा – Lekhanpeeth

बकैया गाउँपालिकामा आज शोक बिदा

183
0
Share:

काठमान्डौ/मकवानपुरको बकैया गाउँपालिकाले आज शोक बिदा दिएको छ। बकैया-७ का वडा सदस्य रामकुमार तितुङको निधनका कारण पालिकाले शोक बिदा दिने निर्णय गरेको हो।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी सूचनामा गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्थामा बिहीबार शोक बिदा दिएको उल्लेख छ।

 

मंगलबार दिउँसो १:३० बजे मकवानपुर जिल्ला बकैया गाउँपालिका-७ मानदमार निवासी तितुङलाई आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा एक्कासी बिजुलीको पोल ढलेर लागेको थियो । पोलले लागेर गम्भीर भएका उनलाई उपचारको लागि हेटौँडाको चुरेहिल अस्पताल पठाएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो ।

 

उपचारको क्रममा बुधबार बिहान उनको निधन भएको हो।

Share: