टी- २० सिरिज: नामिबियालाई जित्नै पर्ने दबाबमा नेपाल

106
0
Share:

काठमान्डौ/ काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० क्रिकेटमा नेपालले आज नामिबियासँग खेल्दै छ । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित जारी सिरिजमा नेपाल लगातार दुई खेलमा पराजित भएको छ ।

 

नामिबिया र नेदरल्याण्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल फाइनल खेल्ने सम्भावना कायमै राख्न आज नामिबियालाई पराजित गर्नु पर्ने छ । नेपाल र नामिबियाबीचको खेल बिहान साढे ११ बजेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने छ ।

 

नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने नेदरल्याण्ड्ससँग २ रनले स्तब्ध भएको थियो । आज यदि नेपाल पराजित भएमा फाइनल खेल्ने सम्भावना सकिने छ । तर, आज जित निकालेमा शनिबार नेदरल्याण्ड्सविरुद्ध पनि जितकै प्रतीक्षा हुने छ ।

 

जारी सिरिजको समूह चरणको अन्तिम खेलमा भने आइतबार नेदरल्याण्ड्स र नामिबिया दोस्रो पटक भिड्ने छन् । फाइनल खेल मंगलबार हुने छ ।

Share: