Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रियसभामा निर्वाचित १९ सदस्यको शपथग्रहण आज – Lekhanpeeth

राष्ट्रियसभामा निर्वाचित १९ सदस्यको शपथग्रहण आज

210
0
Share:

काठमान्डौ/राष्ट्रियसभामा निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्ने भएका छन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिएपछि नवनिर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्ने भएका हुन् ।

 

शपथग्रहण नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान साढे ११ बजे हुनेछ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल आइतबार मध्यराति सकिएकाले उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचित सदस्यको शपथग्रहण गराउने कार्यक्रम छ ।

 

गत माघ ११ गते सम्पन्न निर्वाचनबाट राष्ट्रियसभाका १९ सदस्य निर्वाचित भएका थिए । एकजना सदस्य राष्ट्रपतिबाट मनोनित हुने छन् । शपथग्रहणपछि नवनिर्वाचित सदस्यहरू आजको राष्ट्रियसभा बैठकमा सहभागी हुनेछन् । राष्ट्रियसभाको बैठक दिउँसो १ : १७ बजेका लागि बोलाइएको छ ।

Share: