पाकिस्तानमा भारी वर्षा : ३६ जनाको मृत्यु, ४१ घाइते

134
0
Share:

काठमान्डौ/पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण ९एनडिएमए० ले फेब्रुअरी २७ देखि मार्च ३ सम्म परेको भारी वर्षा र हिमपातमा परी कम्तीमा ३६ जनाको मृत्यु हुनुका साथै ४१ जना घाइते भएको जनाएको छ ।

 

मृत्यु हुनेमा २१ जना बालबालिका, नौ जना पुरुष र छ जना महिला रहेको आइतबार राति जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । बर्षाको कारण सबैभन्दा बढी प्रभावित उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा २७ जनाको मृत्यु भएको थियो । यसैगरी, दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पाँच जनाको मृत्यु भएको छ भनेपाकिस्तान अधिनस्थ कास्मिरमा चार जनाको मृत्यु भएको थियो ।

 

भारी बर्षाले ४६९ घरहरूमा पूर्ण वा आंशिक रूपमा क्षति भएको छ भने अनुमानित ६१ गाईवस्तुहरू मरेको प्रतिवेदनले जनाएको छ ।

Share: