
काठमान्डौ/साताको चौँथो दिन आज बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबारको रेकर्ड तोड्दै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २३ हजार ५०० रुपैयाँ तोकिएको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार बुधबार तेजावी सुन १ लाख २२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन १ लाख २२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । विश्व राजनितिको उतावचढावले अन्तराष्ट्रिय बजारमा प्रभाव पारेकोले नेपालमा सुनको मूल्य वृद्धि भइरहेको हो ।
यस्तै, मंगलबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १२५ दशमलव ३४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ६१ डलरमा कारोबार भइरहेको छ ।