Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पहिलो पटक अन्तरनगर महिला कबड्डी हुँदै, १७ नगरपालिकाबीच प्रतिस्पर्धा – Lekhanpeeth

पहिलो पटक अन्तरनगर महिला कबड्डी हुँदै, १७ नगरपालिकाबीच प्रतिस्पर्धा

234
0
Share:

काठमान्डौ/भक्तपुर नगरपालिकाले नेपालमै पहिलोपटक आयोजना गर्न लागेको अन्तरनगर महिला कबड्डी प्रतियोगितामा सातवटै प्रदेशबाट १७ वटा नगरपालिकाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

 

नगरपालिकाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख सुनील प्रजापतिले यही फागुन २९, ३०, चैत १, २ र ३ गतेसम्म भक्तपुरको सहिद स्मृति खेल मैदानमा आयोजना गर्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।

 

प्रतियोगिता सम्पन्न गर्न नगर प्रमुख प्रजापतिको संयोजकत्वमा एक सय ५१ सदस्यीय मूल समिति र ११ वटा उपसमिति गठन गरी तयारी गरेको प्रतियोगिताको नेपाल मजदूर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

 

अखिल नेपाल कबड्डी सङ्घबाट मान्यता प्राप्त कबड्डी प्रतियोगितामा देशका विभिन्न १७ वटा नगरपालिकाबाट भाग लिन नाम दर्ता गराइसकेको बताउँदै नगर प्रमुख प्रजापतिले भन्नुभयो, “नेपालमै पहिलोपटक अन्तर नगर महिला कबड्डी प्रतियोगिताको आयोजना गर्ने भएका छौँ, प्रतियोगितामा प्रथम हुने टिमलाई रु एक लाख ५० हजार, दोस्रोलाई रु एक लाख, तेस्रो र चौथोलाई रु ५०/५० हजार प्रतिटिमलाई नगद पुरस्कारको व्यवस्था गरेको छ । साथै सहभागी खेलाडी र अफिसियललाई खाने र बस्ने व्यवस्था पनि गरेका छौँ ।”

 

पत्रकार सम्मेलनमा नगर प्रमुख प्रजापतिले निर्वाचनमा जनताबीच गरेको प्रतिबद्धताअनुसार भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउँदै नगरपालिकाले पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराते, तेस्रो वर्ष एथ्लेटिक्स, चौथो वर्ष बुद्धिचाल, गत वर्ष खो खो खेलको प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको र यस वर्ष महिला कबड्डी प्रतियोगिता पनि भव्यरुपमा सम्पन्न गर्ने बताउनुभयो । प्रतियोगिताका लागि नगरपालिकाले रु ३५ लाख बजेट विनियोजन गरेको उहाँले सुनाउनुभयो ।

 

पत्रकार सम्मेलनमा नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक एवं भक्तपुर नपा वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले प्रेस विज्ञप्ति वाचन गर्दै प्रतियोगिता सुरु हुनु अगाडि बिहान १० बजे दत्तात्रय प्राङ्गणबाट र्याली सुरु भई तचपाल, इनाचो, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दूधपाटी हुँदै नगरको मुख्य बजार परिक्रमा गरी सहिद स्मृति खेल मैदानमा पुगेर उद्घाटनसत्रमा परिणत हुने बताउनुभयो ।

Share: