सुनको मूल्य स्थिर, बुधबार कतिमा हुँदैछ किनबेच ?

135
0
Share:

काठमान्डौ/बुधबार छापावाला सुनकोमूल्य १ लाख २५ हजार २ सय रुपैयाँ कायम गरिएको छ । सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजावी सुन १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो ।

 

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १५७ दशमलव ७६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ८९ डलरमा कारोबार भइरहेको छ ।

Share: