Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, बिहीबार एक तोला सुनलाई १ लाख २७ हजार ८०० रुपैयाँ पर्ने – Lekhanpeeth

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, बिहीबार एक तोला सुनलाई १ लाख २७ हजार ८०० रुपैयाँ पर्ने

220
0
Share:

काठमान्डौ/सुनको मूल्ले नयाँ रेकर्ड कायम गरेको छ । फागुन २७ गते १ लाख २६ हजार रुपैयाँ पुगेर रेकर्ड मूल्य कायम गरेको छापावाला सुनको मूल्यले बिहीबार उक्त रेकर्ड तोडेको हो ।

 

बिहीबार छापावाला सुनको मूल्य १ लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य आज एकैदिन प्रतितोला २६ सय रुपैयाँले बढेको हो। बुधबार छापावाला सुनको मूल्य १ लाख २५ हजार २ सय रुपैयाँ कायम गरिएको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला तेजावी सुन १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, बिहीबार चाँदी १ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको भाउ ३५ रुपैयाँ बढेको हो । बुधबार चाँदी प्रतितोला १ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

 

Share: