Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपाल बहराइनसँग ५-० ले पराजित – Lekhanpeeth

नेपाल बहराइनसँग ५-० ले पराजित

168
0
Share:

काठमान्डौ/फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको छ । बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा घरेलु टोली ५-० ले विजयी भएको हो। बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो।

 

यो हारसहित नेपालले एशियाबाट विश्वकप छनौटको समूह एचमा लगातार तेस्रो हार बेहोरेको छ। नेपालले पहिलो खेलमा युएईसँग ४-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले हार बेहोरेको थियो।

 

अब नेपालले बहराइनसँग नै अर्को खेल आगामी मंगलबार राति खेल्ने छ। दशरथ रङ्गशाला खेल्न लायक नभएपछि नेपालले होम एण्ड अवे दुवै खेल बहराइनमै खेल्दै छ।

Share: