Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुरक्षित आवासका लागि पालिकाको अनुदान – Lekhanpeeth

सुरक्षित आवासका लागि पालिकाको अनुदान

219
0
Share:

काठमान्डौ/गरिबीको रेखामुनि रहेका परिवारलाई मर्यादित जीवन जिउनका लागि शुक्लाफाँटा नगरपालिकाले सुरक्षित आवास निर्माण गर्न अनुदान रकम उपलव्ध गराएको छ ।पराल, खर,स्याउला र टायलका छाना भएका घरमा जस्तापाता राख्न सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अनुदान प्रदान गरिएको हो । कार्यक्रमअन्र्तगत छाना फेर्न निवेदन दिएका दुई सय ५४ परिवारलाई अनुदानको रकम बैंक मार्फत उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

 

पहिलो चरणमा प्रथम किस्तावापत एक सय ११ परिवार, दोश्रो चरणमा ५५ परिवार र तेश्रो चरणमा ८८ परिवारलाई रु ३० हजारका दरले अनुदान रकम उपलव्ध गराइएको हो । छाना फेर्न अधिकतम रु ५० हजार दुई किस्ताका रुपमा उपलब्ध गराउने प्रावधान अनुसार पहिलो किस्ता वापत सो रकम प्रदान गरिएको हो ।सहरी विकास विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीले कार्यक्रमअन्तर्गत छाना फेर्न निवेदन दिएकामध्येबाट पराल, खर, स्याउला, टायलको छानो भएकालाई आगो, पानी तथा हुरीबाट प्रभावित हुनसक्ने भएकाले अनुदानको व्यवस्था गरेको जनाइएको छ ।

Share: