थाहा पाउनुहोस् चैत १६ गते शुक्रबारको तपाईँको राशिफल

132
0
Share:

काठमान्डौ/आजको पञ्चाङ्ग

 

वि.सं. चैत १६, २०८० । ई.सं. 29 Mar, 2024 । शक संवत् १९४५ । नेपाल संवत् ११४४ चिल्लागा । पिङ्गल उत्तरायण वसन्त । शुक्रबार चैत्र कृष्णपक्ष । तिथि चतुर्थी १७:३६ बजेसम्म, त्यसपछी पञ्चमी । नक्षत्र विशाखा १८:१४ बजेसम्म, त्यसपछी अनुराधा । योग वज्र २१:०६ बजेसम्म, त्यसपछी सिद्धि । करण वालव १७:३६ बजेसम्म, त्यसपछी कौलव ०५:४६ बजेसम्म, त्यसपछी तैतिल । चन्द्रराशि तुला । आनन्दादि योग मातंग । दिनमान १२:१९ । सूर्योदय ६:०० । सूर्यास्त १८:१९ । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

 

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनसक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम बिगार्नेको सक्रिय रहने देखिन्छ । नियमित खर्चसमेत बढ्ने योग छ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी निर्णय लिन सके थप अवसर प्राप्त होला । स्वादिष्ट भोजन पनि पाइएला ।

 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।

 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । छोटो दुरीको लाभदायी यात्रा हुनेछ । अरुलाई प्रभावित पारेर काम पनि बन्ला ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शिक्षामा पनि सफलता पाइएला ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मित्रले व्यर्थको विवाद र कुरा काट्नसक्छन् । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ । सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । हाम्रो/नेपाली पात्रोबाट

Share: