Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रास्वपाले घण्टी बजाउँदै इलाम- २ मा मिलन लिम्बुलाई गर्‍यो उम्मेदवार घोषणा – Lekhanpeeth

रास्वपाले घण्टी बजाउँदै इलाम- २ मा मिलन लिम्बुलाई गर्‍यो उम्मेदवार घोषणा

Share:

काठमान्डौ/आगामी वैशाख १५ गते इलाम-२ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ । पार्टीका सभापति रवि लामिछाने सहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार सार्वजनिक गरेका हुन ।

 

इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रम गरी पत्रकारसमेत रहेका मिलन लिम्बुको उम्मेदवारी सार्वजनिक गरिएको हो । उम्मेदवारी सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, ललितपुर-३ की सांसद तोशिमा कार्की लगायतका वक्ताहरूले सम्बोधन गरिरहेका छन् ।

Share: