
काठमान्डौ/नेपाल ‘ए’ले पहिलो एकदिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ‘ए’सँग खेल्दैछ । खेल अहिले बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।
नेपाल र आयरल्यान्ड ‘ए’बीच तीन एकदिवसीय खेलको सिरिज हुनेछ । यसअघि सिनियर टोलीसँग दुई टी-२० खेलमा आयरल्यान्ड दुवै खेलमा हारेको थियो । नेपाल ‘ए’सँग तीन टी-२० खेलको सिरिज आयरल्यान्ड ‘ए’ले २-१ ले जितेको थियो ।
नेपाल ‘ए’ ओडीआईका पहिलो रोजाइका खेलाडी आरिफ शेख र भीम सार्की छन् । तेस्रो टी-२० खेलमा नेपाल ‘ए’लाई जिताउन आरिफ शेखले ९३ रन बनाएका थिए । विनोद भण्डारी, देव खनाल, अर्जुन साउद पनि नेपाल ए मा छन् ।
यस्तै, आयरल्यान्डका पिटर मुर, ग्यारेथ डेलानी र कप्तान निल रक प्रमुख ब्याटर हुन् । दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ । सिनियर टोलीले आज भारतमा गुजरातसँग खेल्दैछ । नेपाल र गुजरातबीचको खेल आज दिउँसो पौने तीन बजे सुरु हुनेछ ।