Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज आयरल्याण्ड‘ए’विरुद्ध दोस्रो एकदिवसीय खेल्दै नेपाल‘ए’ – Lekhanpeeth

आज आयरल्याण्ड‘ए’विरुद्ध दोस्रो एकदिवसीय खेल्दै नेपाल‘ए’

211
0
Share:

काठमान्डौ/एकदिवसीय शृंखलाअन्तर्गत आज नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’विरुद्ध दोस्रो खेल खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे शुरु हुनेछ। यसअघि पहिलो खेलमा खेलमा आयरल्याण्डले नेपाललाई २१ रनले हराएको थियो। यसैकारण नेपाल यो खेल जितेर शृङ्खला बराबरी गर्ने लक्ष्यमा छ ।

 

शृङ्खलाको अन्तिम खेल आइतबार हुनेछ। नेपाल ‘ए’ सँगको खेलअघि आयरल्याण्ड ‘ए’ले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी-२० क्रिकेट खेलेको थियो। आयरल्याण्ड दुवै खेलमा पराजित भएको थियो ।

 

नेपाल ‘ए’को टोली स् विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शाहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल ।

 

आयरल्यान्ड ‘ए’ को टोली स् निल रक (कप्तान), रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, जेम्स मक्कोलम, पिजे मुर, मोर्गन टपिङ, बेन व्हाइट ।

Share: