कीर्तिमान बनाएको सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

299
0
Share:

काठमान्डौ/नेपाली बजारमा बिहीबार नयाँ कीर्तिमान रेकर्ड गरेको सुनको मूल्य आज (शुक्रबार0 भने घटेको छ । बिहीबार प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

 

आज तेजाबी सुन पनि तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ६ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share: