
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । संसद बैठक बस्नुअघि आफ्नो रणनीति बनाउन रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।
११ बजेपछि दलको बैठक बस्ने रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए । सुन तस्करी लगायतका विषयमा रास्वपाले आफ्नो धारणा तय गर्ने छ । ‘संसदमा उठाउने एजेन्डामा छलफल गर्छौं,’ उनले भने । प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करी प्रकरणमा सरकारको जवाफ माग्ने निर्णय गरेको छ ।