
काठमान्डौ/साताको पहिलो कारोबार दिन आज (आइतबार )सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ । चैत २२ गते १ लाख ३४ हजार पुगेर रेकर्ड बनाएको सुनको मूल्यले आज उक्त रेकर्ड तोडेको हो । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ तोकिएको छ । शुक्रबारको तुलनामा सुनको मूल्य २ हजार ९०० रुपैयाँले बढेको हो ।
शुक्रबार छापावाला सुनको मूल्य १ लाख ३२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आइतबार चाँदी प्रतितोला १ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ३२९ दशमलव ९३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ दशमलव ४९ डलरमा कारोबार भइरहेको छ ।