वैवाहिक जबरजस्ती करणीको आरोप लागेका न्यायाधीश गिरी कारागार चलान

81
0
Share:

काठमान्न्डौ/वैवाहिक जबरजस्ती करणीको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरी कारागार चलान भएका छन् । उनलाई जिल्ला अदालत काठमाडौंले कारागार कार्यालय डिल्लीबजारमा चलान गरेको हो ।

 

गत चैत २१ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनको आदेश बदर हुने ठहर गरी गिरीलाई थुनामा पठाउन आदेश गरेको थियो ।

 

जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले निलम्बित न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश गरेको थियो । सर्वोच्च अदालतले उक्त आदेशलाई बदर गरिदिएको थियो । गिरीको पत्नीले आफूमाथि बलात्कार भएको उल्लेख गर्दै जाहेरी दिएपछि प्रहरीले निलम्बित न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

Share: