तीन फिट सात इन्चका सागरको विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारी

236
0
Share:

काठमान्डौ/फरक क्षमताका सागर सुनार (विश्वकर्मा)विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारीमा लागेका छन् । केवल ३ फुट ७ ईञ्च मात्र उचाई रहेका ३० वर्षीय सागरले सगरमाथाको सफल आरोहण गरेर विश्वमा फरक क्षमताका भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन सगरमाथामा पाइला टेक्न लागेको बताए ।

 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अबको केही दिन हप्तामा आपूm सगरमाथा आरोहणको लागि सगरमाथा आधार शिविर तर्फा जान लागेको जानकारी दिए । सगरमाथाको आरोहण गर्नु अघि लोबुछे पिकको आरोहण गर्ने छ ।

 

उनले सगरमाथा आरोहण कम्पनी बुकिङ ओन प्रा।लिबाट गर्न लागेका हुन् । सागर तयारी स्वरुप अहिले आरोहणलाई आवश्यक तयारी गरिरहेका छन् ।
दिदी उर्मिला सुनारको प्रेरणाले सगरमाथा चढ्न आट आएको सागर बताउँछन् । ‘हामी जस्ता होचो फरक क्षमता भएका व्यक्तिहरुलाई समाजले हेने दृष्टिकोण नराम्रो छ । उनीहरुको प्रतिनिधित्व गर्दै म सगरमाथाको चुचुरोमा पाइला टेक्न चाहान्छु । अबको कही दिन हप्तामा सगरमाथा आरोहण गर्ने विश्वास लिएको छु,’ सागर बताउँछन् । दिदी उर्मिलाले आर्थिक रुपमा सहयोग गर्नु उनको भनाइ छ । अहिले आर्थिक सहयोगको लागि सागर शिखर संस्था गठन गरेर अभियान समेत चलाइरहेका छन । सहयोग गर्नको लागी अपिल समेत गरे।

 

विश्वको सर्वोच्च शिखर सगरमाथा चढेर देशको झण्डा फहराउँदै विश्व रेकर्ड राख्ने मेरो चाहना छ । “हामी होचा र फरक क्षमता भएकालाई समाजले नराम्रो नजरले हेर्छ । हेलाँ गर्छ । हेप्छ । म सगरमाथा चढेर त्यहाँबाट विश्वलाई त्यो दृष्टिकोण परिवर्तन गर्न सन्देश दिन चाहन्छु,” सागर भन्छन्, “हामी किन थिचिने रु किन मिचिने रु म जस्ता अरु फरक क्षमता भएकाहरुका लागि मनोबल पनि बढोस्। हामी पनि के कम छौं र रु र, जलवायु परिवर्तन बारे पनि सन्देश दिने योजना छ । विभिन्न जोखिम र चुनौतीकाबीच आफ्नो मनोबल बलियो बनाएर सगरमाथा पुग्ने अठोट लिएका उनको भनाइ छ ।

 

सागरले यसअघि दोलखाको रामदुङ पिक (५९२५ मिटर)को आफ्नै व्यक्तिगत खर्च र परिवारको सहयोगमा सफल आरोहण गरिसकेका छन् । सागरको चाहाना होचो र फरक क्षमता भएकाहरुको एउटा संस्था खोल्ने योजना छ । आफ्नै नेतृत्व फरक क्षमता भएका व्यक्तिहरुले पनि आत्मबल बढाएर,चाहेको कुराहरु गर्न सकिकन्छ भन्ने सन्देश दिने सागरको इच्छा छ । सागर भन्छन् “मलाई हेनुस्, र तपाईंहरुले पनि आफ्नो आत्मबल बढाउनुहोस् भन्ने चाहना छ । भोलिको दिनमा म एउटाले गर्दा हजारौंको मनोबल बढ्छ भने किन नगर्ने रु म जस्तो होचो व्यक्तिले मात्र होइन, हामीभन्दा फरक क्षमता भएका व्यक्तिहरुको पनि मनोबल बढाउनु जरुरी छ ।”

 

सगरमाथासहित ७ वटै महादेशका चुचुरोहरु आरोहण गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

को हुन् सागर ?

सागरको जन्म कास्कीको मादी गाउँपालिका वडा न.११ सैमराङस्थित तेसा गाउँमा २०५० सालमा भएको थियो । बिरामी भएको कारणले उनले गाउँमा कक्षा ५ सम्म मात्र अध्ययन गर्न सके । सागर २१ वर्षको उमेरमा काठमाडौं भित्रिएका थिए । त्यसपछि उनी सुन पसलमा काम गर्न थाले । बीचमा न्यूरोसम्बन्धी बिरामी भएपछि सागरले त्यो काम पनि छाड्नु पर्याे । टाउकोको नसा च्याप्पिएकोले निहुरिएर काम गर्न नसक्ने भएपछि सागर घरमै बस्न थाले । अपरेशन भएपछि अहिले उनको अवस्था अलि ठिक भएको छ । अध्ययनको लागी पनि उनले दिदिको प्रोत्साहनले गर्दा उनले २०८० सालमा एसइइको परिक्षा पनि दिएका छन ।

Share: