पर्वतारोही निर्मल पुर्जाले बनाए अर्को कीर्तिमान

105
0
Share:

काठमान्डौ/कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ले विश्वका ८ हजार मिटरभन्दा अग्ला शिखर आरोहणमा नयाँ कीर्तिमान बनाएका छन् ।

 

नेपाली नयाँ वर्षको दिन उनले ८ हजार मिटर अग्ला शिखरको ४४ पल्ट आरोहण गरेर, एकै जनाले धेरै पटक अग्ला शिखर चढ्ने कीर्तिमान बनाएका हुन् । १ वैशाख बिहान १२:१५ बजे उनले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोमा पुगेर यो कीर्तिमान बनाएका हुन् ।

 

निम्स दाइले ८ हजार मिटरभन्दा अग्ला १४ वटै शिखर पटक-पटक आरोहण गरिसकेका छन् ।

Share: