सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलामा ७०० ले बढ्यो

Share:

काठमान्डौ/नेपाली बजारमा शुक्रबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो ।

 

योसँगै शुक्रबार छापावाला सुनको मूल्य एक लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ । बिहीबार ६०० रुपैयाँले गिरावट भएर एक लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार थियो । यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य एक लाख ३८ हजार ६५० रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार ९५० रुपैयाँ कायम भएको थियो ।

 

आज चाँदीको मूल्य एक हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Share: