Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपालले दियो युएईलाई १२० रनको लक्ष्य – Lekhanpeeth

नेपालले दियो युएईलाई १२० रनको लक्ष्य

222
0
Share:

काठमान्डौ/ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल नेपालले युएईलाई जितका लागि १२० रनको लक्ष्य दिएको छ। नेपालले ९ विकेट गुमाएर जम्मा ११९ रन बनाउन सक्यो। टस जितेर युएईले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो।

 

यसअघि सन्दीप जोरा अर्धशतक बनाएर आउट भए भने २० रन बनाएर गुलशन झा आउट भए। करण केसी १७, आशिफ शेख, कप्तान रोहित पौडेल ५, दीपेन्द्रसिंह ऐरी ५ रन, कुशल मल्ल ३ ,सोमपाल कामी २ र कुशल भुर्तेल शून्यमा आउट भएका थिए।

 

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।

Share: