रिडी पावरको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

162
0
Share:

काठमान्डौ/रिडी पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरको बोलकबोल बढाबढमा आज वैशाख ९ आवेदन दिने अन्तिम दिन रहेको छ।

 

चैत्र २९ गतेदेखि वैशाख ९ गतेसम्म सिलबन्दी बोलपत्र पेश गर्न सकिने यस अघि कम्पनीले एक सूचना मार्फत जानकारी दिएको थियो । कम्पनीले १:०.५ अनुपातमा फागुन १८ गतेदेखि चैत ८ गतेसम्म कुल ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद सेयर निष्कासन गरेकोमा रितपूर्वक आवेदन दिने ६० हजार ६ सय २ जना सेयरधनीहरुलाई ६६ लाख ८ हजार ८ सय ४९ कित्ता हकप्रद बाँडफाँड गरेको थियो । त्यसबाहेक बाकिँ ११ लाख ३५ हजार ६ सय ५७ कित्ता सेयर लिलाम बढाबढ मार्फत बिक्री गरि रहेको हो।

Share: